जिन्दगी
यो जिन्दगि कसैको न्यानो अँगालोमा अर्पण गर्ने चाहाना हो भनु या जिन्दगि निर्वाह गर्न कसैको साहारा खोजु लाग्यो।
अस्तव्यस्त छ अचेल उसको प्यासी अाँखा का तरल सपनाहरू जहाँ हजार लहेर हरू अाउछन् जान्छन्।जमाना कति फेरियो।सयौँ समय का पर्यावरण जस्तो लाग्ने रहरहरू सँगाल्छु।
विश्व अाज, अनवरत दुख र पीडा को भुमरी मा होमिदै छ।यसै बिच मर्न सक्ने उसको प्रेम र सफलता का छालहरू उर्लेर बेबारिसे बनेका छन्,
कोठामा थुनिनु बाध्यता बनेको छ।पहिले पहिले रहर लाग्थ्यो,कोठामा बसु,मोबाईल चलाउनु कसैसँग नबोल्नु।दिक्क लाग्थ्यो काम ,मानिसको भिड र शहर को चपेटा सँग ।डर लाग्थ्यो मानवरूपि दैत्य हरूसँग ।
उ अाज अाफुलाई खोज्न हजार प्रयास गरिरहेको छ।
कोठामा थुनिएर विश्वको अर्थतन्त्र ,मानिसहरूको हालत ,प्रयोग भएका साधनहरू र भयावह अवस्था मा अलापबिलाप गर्दै छ।
अाफ्नो बारेमा मात्रै सोच्ने ,अाफुुलाई मात्रै मान्ने उ अहिले पूरा विश्व को चिन्तन मा व्यस्थ छ।उ अड्कल लगाउन सक्छ विश्व को अर्थतन्त्र को स्केल कुन र कति हद सम्म पछाडि पर्न सकछ।उ व्याख्या गर्न सक्छ मानवता भाईचरा र दया मायामा कोरिएका अाख्यान हरू लाई।उ अाफु बिथोलिन सक्छ अस्पतालका सैया मा पसारीएका मानिसहरूको टाढा- टाढा बाट अाउने रोदन र अाँशु र्यालहरू।
यतिबेला...नयाँ प्रश्न अाईरहेको छ उसका दिमागमा मनमा ,उ सोध्छ कहिले अाफुलाई कहिले गुगल लाई कहिले ईतिहासलाई ।
मान्छेको मन हो ।स्वविवेकि हुनुपर्छ थाहा छ र पनि टेर्ने छाँटकाँट छैन।झर्को मान्छ शारीरिक भौतिक अान्नददायकका साधनहरूबाट, झर्को मानिसक्यो मोबाईल फेसबुक जन्य सामाजिक सन्जाल का मजाक र वाहियात बहसहरू ।
अाज उ अाफु अाफुभित्र खोजिरहेछ।
शहर बजार का प्रदुषण मा कमि अाउदा हर्षले नाँचेको छ मन ।चरा हरू मीठो चिरबिर सुनेर दङ्ग छ।
विश्वमा यस्ता कँयौ पीडा र महामारी अाएर सहेर पनि विश्न अगाडि बढेको नरोकिएको ईतिहास पढ्छ र गम्छ ,नयाँ उर्जा र जाँगर का साथ यो वर्ष पछि विश्वमा नयाँ फुल फुल्ने छ।बुद्धको अावाज सम्झिन्छ "व्यापकता भित्र छिपेको सत्य -प्रकृति हो।प्रकृति को मर्जि सँग चल्नु हाम्रो धर्म हो।हरेक चिज हरेक क्षेण हरेक अफ्ठयारा हरेक सहजता चाहे जे भनु सम्पुर्ण ता मा पुर्ण ब्रह्माण्डका हरेक थोक तवर ,बिम्ब ,सारा प्रकृतिको नियम हो।
जो सबै अल्पकालिक हुन्छ।
सुन्दर समय नजिकै अाईरहेको छ।
उ अाज एक सच्चा मानव भएको महसुस गर्दछ।
लहलह फुलेका फुलहरू, नयाँ दुलहि झै सिँगारिएको मुस्कुराएको प्रकृति हेर्छ ,वास्तविक खुशिका लहरहरू समातिएको महसुस गर्छ।एकले अर्को ले हालखबर र चिन्ता प्रस्तुत गरेको देख्छ।जात ,धर्म, लिङ्ग भन्दा माथि रहेको मानवहरूलाई भेट्छ।नयाँ विश्वास उसमा पनि थपिएको छ।अाज उ अाफ्नो प्रिय मान्छेहरूलाई बाहेक पनि सारा मान्छेलाई प्रेम गर्न कोसिस गर्दै छ।उ अाफुभित्र अाफु पुगेर असफल उसका सपना ,अपुर्ण उसका चाहाना लाई एक तिर थाँति राख्न रूचाउदैन।सजगता का साथ उ अाफु पुर्ण मानव भएको घोषणा गर्न सक्दैन।उ मा फेरि अर्को सहिष्णुता जाँगेको छ।नयाँ बल र प्रेरण जुर्मुराएको छ।-😍
Comments
Post a Comment