Posts

जिन्दगी

यो जिन्दगि कसैको न्यानो अँगालोमा अर्पण गर्ने चाहाना हो भनु या जिन्दगि निर्वाह गर्न कसैको साहारा खोजु लाग्यो। अस्तव्यस्त छ अचेल उसको प्यासी अाँखा का तरल सपनाहरू जहाँ हजार लहेर हरू अाउछन् जान्छन्।जमाना कति फेरियो।सयौँ समय का पर्यावरण जस्तो लाग्ने रहरहरू सँगाल्छु। विश्व अाज, अनवरत दुख र पीडा को भुमरी मा होमिदै छ।यसै बिच मर्न सक्ने उसको प्रेम र सफलता का छालहरू उर्लेर बेबारिसे बनेका छन्, कोठामा थुनिनु बाध्यता बनेको छ।पहिले पहिले रहर लाग्थ्यो,कोठामा बसु,मोबाईल चलाउनु कसैसँग नबोल्नु।दिक्क लाग्थ्यो काम ,मानिसको भिड र शहर को चपेटा सँग ।डर लाग्थ्यो मानवरूपि दैत्य हरूसँग । उ अाज अाफुलाई खोज्न हजार प्रयास गरिरहेको छ। कोठामा थुनिएर विश्वको अर्थतन्त्र ,मानिसहरूको हालत ,प्रयोग भएका साधनहरू र भयावह अवस्था मा अलापबिलाप गर्दै छ। अाफ्नो बारेमा मात्रै सोच्ने ,अाफुुलाई मात्रै मान्ने  उ अहिले पूरा विश्व को चिन्तन मा व्यस्थ छ।उ अड्कल लगाउन सक्छ विश्व को अर्थतन्त्र को स्केल कुन र कति हद सम्म पछाडि पर्न सकछ।उ व्याख्या गर्न सक्छ मानवता भाईचरा र दया मायामा कोरिएका   अाख्यान हरू लाई।उ अाफु बिथ...